Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको ११ ‍औँ महाधिवेशन भृकुटीमण्डपमा

एमालेको ११ ‍औँ महाधिवेशन भृकुटीमण्डपमा

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने निश्चित भएको छ।

महाधिवेशन  मंसिर २७ देखि २९ गतेसम्म चल्नेछ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन र बन्द सत्र हुनेछ।

एमाले महाधिवेशनमा करिब २५ सय जना सहभागी रहनेछन्।

अध्यक्ष पदमा अहिलेका अध्यक्ष केपी शर्मा ओली फेरि उम्मेदवार हुने र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि अध्यक्षमा उम्मेदवार हुने तयारीमा रहेका छन्।

यसअघि पोखरामा गर्ने तय भएको महाधिवेशन पछि काठमाडौंमा गर्ने निर्णय गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077