Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहामा एमालेले भीड देखाउन इन्धन वितरण गरेको खुलासा

सिरहामा एमालेले भीड देखाउन इन्धन वितरण गरेको खुलासा

शनिवार , कार्तिक २९, २०८२

सिरहा । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा एमालेद्वारा सिरहा सदरमुकाममा आयोजित मोटरसाइकल र्‍याली तथा जागरण सभामा मानिस उतार्न इन्धन वितरण गरिएको खुलेको छ ।

शनिबारको अभियानमा सहभागीहरूलाई पेट्रोल–डिजेल बाँडेर उपस्थित गराइएको हो । प्रति मोटरसाइकल ३ लिटर पेट्रोल, गाउँ–गाउँबाट मान्छे बोकेर आएका ठूला सवारी साधनलाई १०–१५ लिटर पेट्रोल वा डिजेल वितरण गरिएको बताइएको छ ।

कार्यक्रमका लागि सिरहाका विभिन्न पम्पहरूबाट समेत इन्धन उपलब्ध गराइएको स्थानीयहरूले बताए । जिल्लाका १७ वटै स्थानीय तहबाट करिब ८ हजार मोटरसाइकल र १५ हजारभन्दा बढी मानिस सहभागी भएको एमाले मधेश प्रदेशले जनाएको छ ।

इन्धन वितरणबारे प्रश्न गर्दा अध्यक्ष मण्डलले सुरुआतमा अस्वीकार गरे । उनले पार्टीले कार्यकर्ताबाट सहयोग उठाएर इन्धन वितरण गरेको बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य लीलानाथ श्रेष्ठ, पार्टीका प्रदेशस्तरीय तथा जिल्ला तहका प्रमुख नेताहरूको उपस्थिति थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077