काठमाडौं। नेकपा एमालेले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित सभा आयोजना गरेको छ ।
एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै आज जिल्लास्तरीय भेला आयोजना गरेको हो ।
भदौ २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीमा दिएका थिए ।
त्यसपछि संसद् विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
एमालेले संसद विघटन असंवैधानिक भन्दै जिल्ला-जिल्लामा संसद् पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ ।
एमालेले आज बैतडी, कैलाली, रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको छ । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन् ।
