Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै एमाले

आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै एमाले

शनिवार , कार्तिक २९, २०८२

काठमाडौँ । नेकपा एमालेले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । पार्टीले हालैका राजनीतिक घटनाक्रमलाई ‘प्रतिगामी षडयन्त्र’ को संज्ञा दिँदै असंवैधानिक रूपमा भएको संसद विघटनको विरोधमा प्रदर्शन गर्न लागेको हो ।

एमालेका अनुसार गत भदौ २४ पछि देशमा उत्पन्न राजनीतिक जटिलता, संविधान विपरीत गरिएको संसद विघटन तथा पार्टीले अघि सारेका भावी राजनीतिक कार्यक्रमबारे जनस्तरमा स्पष्टता दिन आजको प्रदर्शन आयोजना गरिएको हो ।

यसअघि पार्टीले मंगलबार देशका ७५३ वटै स्थानीय तहमा भेला गरेको थियो । त्यस्तै कात्तिक २२ गते देशभरका ६ हजार ७४३ वडामा समेत जनभेला सम्पन्न गरेको थियो, जसलाई एमालेले ‘देशव्यापी जनसंगठन विस्तारको ऐतिहासिक चरण’ भन्दै आएको छ।

घोषित कार्यक्रमअनुसार पार्टीले आगामी मंसिर ६ गते काठमाडौँमा वृहत जनप्रदर्शन र शक्ति–प्रदर्शनसहित केन्द्रीय सभा आयोजना गर्ने तयारी गरिरहेको छ। काठमाडौँमा हुने उक्त प्रदर्शनीलाई एमालेले आफ्नो आन्दोलनको “निर्णायक चरण” को रूपमा लिएको छ।

एमालेले देशभरका जिल्ला, स्थानीय नेता तथा कार्यकर्तामा सहभागी भई आजको आन्दोलनलाई सफल पार्ने आह्वान गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077