काठमाडौं । घनश्याम भुसाल समूहनिकट नेताहरूले नयाँ राजनीतिक दल गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
कात्तिक २३ गते निर्वाचन आयोगमा ‘नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र)’ नाममा दल दर्ताका लागि निवेदन दर्ता भएको खुलेको हो ।
स्रोतका अनुसार आयोगमा पेस गरिएको निवेदनअनुसार पार्टीको अध्यक्षमा राजकुमार कक्षपति प्रस्तावित छन् ।
आयोगमा निवेदन दर्ता भइसकेको र दुई दिनभित्र यसबारे औपचारिक घोषणा गर्ने तयारी भएको बताइएको छ ।