काठमाडौं । एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीबीच पार्टी एकता हुने भएको छ ।
यसबारे जानकारी गराउन आज संघीय राजधानी काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
दुवै पक्षबीच भइरहेको एकता प्रक्रियाबारे औपचारिक जानकारी दिन त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।