Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा संयुक्तको कार्यवाहक अध्यक्षमा घनश्याम भुसाल

नेकपा संयुक्तको कार्यवाहक अध्यक्षमा घनश्याम भुसाल

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम भुसालले पाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले कम्युनिष्ट आन्दोलन अघि बढाउन युवाहरुले नेतृत्व लिनुपर्ने भन्दै भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

नेकपा (संयुक्त) र नेकपा एस पुनर्गठन अभियानको शनिबार बसेको एकता बैठकले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

एकताअघि नेकपा संयुक्तको नेतृत्व पुराना नेता चन्द्रदेव जोशीले गर्दै आएका थिए । उनलाई अभिभावकीय भूमिका दिइएको छ ।

११ मंसिरमा भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी घोषणा भएको थियो ।

सो कार्यक्रममा एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ नै राख्ने, पार्टीको चुनाव चिह्न नेकपा संयुक्तकै हँसिया राख्ने र झण्डामा प्रचलित कम्युनिस्ट पार्टीको झण्डामा बौद्धिक श्रमको प्रतिनिधित्व हुने गरी संकेत प्रयोग गर्ने सहमति भएको थियो ।

तत्कालीन एकीकृत समाजवादी पार्टी माओवादीसहितको वाममोर्चामा मिसिन गएसँगै भुसालसहितका असन्तुष्ट नेताहरुले एकीकृत समाजवादी पुनर्गठनको तयारी गरेका थिए ।

त्यसका लागि विभिन्न वाम शक्तिहरुसँग धु्रविकरणको तयारीमा भुसाल रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077