Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावका लागि ओलीजी मात्रै बाधक हुन्, अरू कारणले चुनाव रोकिँदैन: घनश्याम भुसाल

चुनावका लागि ओलीजी मात्रै बाधक हुन्, अरू कारणले चुनाव रोकिँदैन: घनश्याम भुसाल

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । पूर्वमन्त्री तथा नेता घनश्याम भुसालले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका प्रमुख वाधक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको टिप्पणी गरेका छन् ।

अन्तरिम सरकारले घोषणा गरिसकेको चुनाव रोक्नुपर्ने कुनै भीतरी-बाहिरी कारण नरहेको दाबी गर्दै भुसालले हाल देखिएको अवरोधको मूल स्रोत ओली मात्र भएको बताएका हुन् ।

जेनजी आन्दोलनपछि तत्कालीन सरकार र संसद् विघटन भएसँगै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको थियो । यही सरकारले फागुन २१ का लागि नयाँ निर्वाचन मिति तोकेको छ ।

उनले भने- 'हामीसँग अलरेडी पार्टी छँदै छ । आउने चुनावमा हामीले राम्ररी एजेन्डासहित फेस गर्छौं । हामीले चुनावमा भाग लिने कुरामा हामी प्रस्ट छौँ । हामी विप्लवजीहरूसहित चुनावमा जान्छौँ । चुनावका लागि ओलीजी मात्रै बाधक हो । अरू कुनै कुराले चुनाव रोकिँदैन । अहिले देखिएको ओलीजी मात्रै हो । तर, मलाई के लाग्छ भने सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनुबाहेक अर्को कुनै विकल्प हुँदैन ।'

यद्यपि केही राजनीतिक दलले सरकार चुनावमूखी वातावरण बनाउन नसकेको आरोप लगाउँदै आएका छन् । एमालेले संसद् पुनःस्थापनाको एजेण्डा अघि सारेको छ भने नेपाली कांग्रेसभित्र पनि एकमत छैन । अन्य दल भने चुनावमा जाने तयारीमै छन् ।

नेता भुसालले आफूहरू नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चुनावमा सहभागी हुने घोषणा गरे ।

आफ्नो पहिल्यै राजनीतिक दल रहेको जनाउँदै उनले एजेण्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिने स्पष्ट गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077