Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपी कार्कीद्वारा पदभार ग्रहण र निर्देशन, यस्तो छ पहिलो निर्णय

आईजीपी कार्कीद्वारा पदभार ग्रहण र निर्देशन, यस्तो छ पहिलो निर्णय

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गरेका छन्।

गृह मन्त्रालयमा दर्ज्यान्ही चिन्ह लगाएपछि प्रहरी प्रधान कार्यालय पुगेर उनले पदभार ग्रहण पहिलो निर्देशन समेत दिएका छन्।

पदभार ग्रहणका क्रममा उनले प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ नायब निरीक्षकसम्मका प्रहरीलाई कल्याणकोषबाट आकस्मिक कर्जा उपलब्ध गराउने निर्णय गरेका छन् ।

नवनियुक्त आईजीपी कार्कीले एक वर्षका लागि ५ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराउने निर्णय गरेका छन् । तल्लो तहका प्रहरीको मनोबल बढाउने उद्देश्यले उनले यस्तो निर्णय गरेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077