Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर छ : गृहमन्त्री अर्याल

जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर छ : गृहमन्त्री अर्याल

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले ‘शान्ति, सुरक्षा र आगामी निर्वाचनको तयारी’ विषयमा धारणा राख्दै गृहमन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु सरकारको शीर्ष प्राथमिकता रहेको स्पष्ट गरे ।

‘आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु नै वर्तमान सरकारको प्रमुख जिम्मेवारी हो,’ गृहमन्त्री अर्यालले भने, ‘यसका लागि राजनीतिक दल, सरोकारवाला निकाय र कूटनीतिक नियोगका प्रमुखहरूसँग निरन्तर छलफल र परामर्श भइरहेको छ।’

उनले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सबै सुरक्षा निकायको समन्वयमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077