Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो दिनमै आईजीपी कार्कीले उठाए गृह मन्त्रालयमा चार विषय

पहिलो दिनमै आईजीपी कार्कीले उठाए गृह मन्त्रालयमा चार विषय

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीलाई सृदृढीकरणका लागि सरकारसँग मुख्यगरी चार विषय उठाएका छन् ।

गृह मन्त्रालयमा बिहीबार आयोजित दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा उनले प्रहरी परिचालनमा नीतिगत स्पष्टता, कार्यगत स्वायत्तता, सेवा बिशिष्टकरण र वृत्ति विकासलाई अनुमानयोग्य बनाउन माग गरेका हुन् ।

प्रहरीको मनाबेल बढाउन सरकारले तत्कालै कुनै कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड थिए । त्यस्तै प्रहरीलाई नीतिगत रुपमा स्पष्टता दिएर कानून संशोधनको माग गरेका छन् ।

प्रहरीको वृत्ति विकासलाई अनुमानयोग्यन बनाउनुपर्नेमा जोड दिए। साथै, लामो समयदेखि रोकिएको प्रहरी सहचारी राख्ने विषयलाई कार्यान्वायनमा लैजान पनि उनले आग्रह गरेका छन्।

प्रहरीमा सुरु भएको स्टाफ कलेजलाई तत्कालै कानूनमा समेट्नुपर्ने उनको भनाई थियो । अहिले असाधरण अवस्था रहेकाले जनअपेक्षाअनुसार काम गर्न आफु तयार रहेको उनको भनाई छ ।

कार्यक्रममा उनले भने,‘अन्य समुदायसँग प्रभावकारी समन्वय गर्दै संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै एवम् प्रहरी कर्मचारीको मनोबल बढउँदै नेपाल सरकार र आम जनसमुदायको जनअपेक्षाअनुरुप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

३३ औं प्रहरी महानिरीक्षकका रुपमा कमाण्ड थालेका कार्कीले साढे दुई वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077