काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
यस दिन सुनको मूल्य तोलामा २१ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । यसदिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ ।