Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध दर्ता गरेको रिटको पेसी आज

मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध दर्ता गरेको रिटको पेसी आज

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । मधेस प्रदेशमा विवादास्पद रूपमा गरिएको मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशसभा सदस्यहरूको ठूलो समूह सर्वोच्च अदालत पुगेको छ । कुल ११० सदस्यीय प्रदेशसभामध्ये ७४ सांसदले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दाबी गर्दै रिट दायर गरेका हुन् ।

सांसदहरूको हस्ताक्षरसहित दायर गरिएको उक्त रिटमा कांग्रेस संसदीय दलका नेता कृष्ण यादव मुख्य वारिस बनेका छन् । सर्वोच्च अदालतका प्रवक्ता तथा सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार, आजका लागि उक्त रिटमा पेसी तोकिएको छ ।

रिट दायरकर्ताहरूले संविधानको धारा १६८(२) अनुसार बनेको सरकारको प्रमुखले विश्वासको मत नलिई राजीनामा दिएको अवस्थामा त्यही धारा अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नुपर्ने दाबी गरेका छन् ।

तर, प्रदेश प्रमुखले त्यसलाई बेवास्ता गरी संविधानविपरीत धारा १६८(३) अनुसार मुख्यमन्त्रीमा सरोज यादवलाई नियुक्त गरेको भन्दै उनीहरूले निर्णयको कार्यान्वयन स्थगन माग गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077