Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशमा आज पनि प्रदर्शन: सभामुखको राजीनामा माग

मधेश प्रदेशमा आज पनि प्रदर्शन: सभामुखको राजीनामा माग

मंगलवार , कार्तिक २५, २०८२

हेटौँडा । मधेश प्रदेश भवन अगाडि सात दलका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिको विरोधमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी  लगायतका सांसदहरूले धर्ना दिएका हुन् ।

उनीहरूले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजीनामा माग गरेका छन् ।

प्रदर्शनमा नेकपा एमालेबाहेकका सबै पार्टीका सांसद र नेता कार्यकर्ता सहभागी छन् ।

सरकार गठनविरुद्ध सातै दलका नेताहरुले ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित आजै सर्वोच्च अदालतमा रिट समेत दर्ता गरेका छन् ।उक्त रिट निवेदनको पेसी बुधबारलाई तोकिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित पानस होटलमा सोमबार बिहान एकाबिहानै एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी थिइन् ।

राष्‍ट्रपति रामचन्द्र पौडेलको सिफारिस र एवम् सोमबारको मन्त्रिपरिषद्को निर्णयमा सुवेदी पदमुक्त भसइकेकी छन् ।

सोमबार अचानक मुख्यमन्त्री नियुक्ति भएपछि सात दलका प्रतिनिधि तथा सांसदहरूले उनलाई मधेश भवनमा प्रवेश गर्न रोक्न गेट अगाडि प्रदर्शन गरेका थिए। त्यहीक्रममा प्रदेश प्रमुखको कार्यालयमा तोडफोड र केहि कम्रचारीमाथि कुटपिट समेत गरेका थिए ।

सुवेदी पदमुक्त भइसक्दा पनि सात दलको प्रदर्शन आज पनि जारी नै छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077