जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिलाई लिएर सांसद सर्वोच्च अदालतमा रिट हाल्ने तयारीमा छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता, माओवादी केन्द्र संसदीय दलका उपनेता, लोसपा संसदीय दलका नेताहरु संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध रिट हाल्न सर्वोच्च पुगेका छन् ।
उनीहरु मधेशका ७४ प्रदेश सांसदको हस्ताक्षरसहित मधेशका पूर्व मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाको साथमा सर्वोच्च पुगेका हुन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित पानस होटलमा सोमबार बिहान एकाबिहानै एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी थिइन् ।
सोमबार अचानक मुख्यमन्त्री नियुक्ति भएपछि सात दलका प्रतिनिधि तथा सांसदहरूले उनलाई मधेश भवनमा प्रवेश गर्न रोक्न गेट अगाडि प्रदर्शन गरेका थिए। त्यहीक्रममा प्रदेश प्रमुखको कार्यालयमा तोडफोड र केहि कम्रचारीमाथि कुटपिट समेत गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलको सिफारिस र एवम् सोमबारको मन्त्रिपरिषद्को निर्णयमा सुवेदी पदमुक्त भसइकेकी छन् ।