Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै एमाले

आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै एमाले

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्दैछ ।

‘प्रतिगामी षड्यान्त्र’विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २२ गते देशका सबै ६ हजार ७४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन् ।

उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसद्को गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकतालाई प्रष्ट पारिएको छ ।

गौतमले आजको कार्यक्रममा कतिपय पालिकाहरूले मोटरसाइकल र्‍यालीमार्फत एमालेले शक्ति प्रदर्शन गर्न लागेका छन् । कतिपय पालिकाका केन्द्रमा नाराजुलुससहितका कार्यक्रम राखिएको छ ।

आजको कार्यक्रममा जनतालाई जगाउने नाराहरू पार्टी केन्द्रले तय गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077