Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

रक्कीप्रसाद साह र सुजित यादवले सोमबार रिट दायर गरेका हुन् । रिटको पेसी कात्तिक २५ (मंगलबार)का लागि तोकिएको छ ।

उनीहरूले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले ७५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अर्को रिट सर्वोच्च लैजाने तयारी गरेका छन् । 

उपचारका लागि काठमाडौं जान्छु भनेर बिदा भएकी मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बीचबाटोमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

सरकार गठनको आह्वान नै नगरी नियुक्ति र शपथ गराएपछि विरोध सुरु भएको थियो । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा सामान्य तोडफोडसहित तालाबन्दी समेत गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077