काठमाडौं । रामकुमारी झाँक्रीसहितका नेता चार वर्षपछि नेकपा एमाले फर्किएका छन् ।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत झाँक्री, किसान श्रेष्ठसहितका केन्द्रीय सदस्यहरू एमाले फर्किएका हुन् ।
झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए । गत कात्तिक १९ गते एकीकृत समाजवादी नेकपा माओवादीसहितका १० घटकसँग मिसिन गएपछि उनीहरू एमाले फर्किएका हुन् ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर पार्टीमा स्वागत गरे । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झन्डा दिएका थिए भने श्रेष्ठ र तिमल्सिनाले ओलीलाई कलम दिएका थिए ।
सोही क्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटालगायतलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।