Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी कार्यालयमा आगजनी गरेको आरोपमा श्रीमान्-श्रीमती पक्राउ

प्रहरी कार्यालयमा आगजनी गरेको आरोपमा श्रीमान्-श्रीमती पक्राउ

शनिवार , कार्तिक २२, २०८२

झापा । जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगरलाई पक्राउ शुक्रबार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ ।

थप अनुसन्धानका लागि उनीहरूलाई इप्रका अनारमनीमा राखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077