Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विस्तारित बैठकमा डीपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

विस्तारित बैठकमा डीपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै समसामयिक राजनीतिबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् ।

जेनजी आन्दोलनपछि डिरेल भएको संविधानलाई निर्वाचनले नै लिकमा ल्याउन सक्ने उनको ठहर छ ।

दलहरूले देशलाई पुन लोकतान्त्रिक बाटोमा फर्काउन फागुन २१ को निर्वाचनमा सम्पूर्ण शक्ति र अर्जुन दृष्टि लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ- 'प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले न्यायिक निरूपण गर्ला नै । तर, कथम् संसद् पुनर्स्थापना भयो भने फेरि पुगिने त्यहाँ नै हो, जुन संसद्ले सरकार त देला तर जेन जेड आन्दोलनको म्यान्डेट र जनभावना अनुसार निकास दिन सक्दैन ।'

कांग्रेस र एमालेले सरकार बनाएर नागरिककको स्वतन्त्रता खुम्च्याउने काम गरेपछि आमनागरिकको असन्तोष प्रस्फुट हुने परिस्थिति बनेको अर्यालको विश्लेषण छ।

भदौ २३ र २४ गते दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्ने पनि उनले धारणा राखेका छन्।

'तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन बाध्य पारेको पनि २४ गतेको घटनाले नै हो। हामी अत्यन्तै प्रष्ट रूपमा भन्छौं- २३ गते राज्य शक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेका घटना भएका हुन्।'

सरकारको चरम दमन र विद्यालय पोसाकमा आएका विद्यार्थीलगायतको हत्यापछि जनस्तरबाटै प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको बताएका छन्।

'

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077