काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ।
दुई दिनसम्म चल्ने बैठकको केही बेरअघि उद्घाटन गरिएको हो।
शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी चुनाव लगायतका विषयमा छलफल हुनेछ।
बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने छन्। साथै प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ।
यस्तै बैठकले आगामी महाधिवेशनदेखि नयाँ वैकल्पिक शक्तिहरूसँग एकता वा सहकार्यबारे भइरहेको छलफलबारे पनि निर्णय हुने पार्टीका प्रवक्ता मनिष झाले बताए।।
चितवनको सौराहामा शुरु भएको बैठकमा ५ सय भन्दा बढी प्रतिनिधिहरुले सहभागिता जनाएका छन्।
