Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एआईजीले गरेको सरुवा डीआईजीद्वारा रद्द ?

एआईजीले गरेको सरुवा डीआईजीद्वारा रद्द ?

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेपाल प्रहरीमा एआईजीले गरेको सरुवा डीआईजीले रद्द गर्ने प्रयास गरेका छन्।

मधेस प्रदेशका तत्कालिन प्रमुख हालका एआईजी उमाप्रसाद चतुर्वेदीले गरेको सरुवा अहिलेका मधेस प्रदेशका डीआईजी गोविन्द प्रसाद थपलियाले रद्द गराउने प्रक्रिया अघि बढाएका हुन्।

चतुर्वेदीले एआईजीमा बढुवा सिफारिस भएपछि केही प्रहरीलाई घरपायक सरुवा गरेका थिए। जुन सरुवाको रमाना डीआईजी थपलियाले रोकेका छन् ।

जसकारण सरुवा पाएर जान लागेका प्रहरीहरू पीडित बनेका छन् । प्रदेश प्रहरी प्रमुखलाई प्रदेशभित्रका वरिष्ठ सईसम्म सरुवा गर्ने अधिकार हुन्छ ।

यसरी अघिल्ला प्रदेश प्रमुखले गरेको सरुवा पछि आएकाले रोक्ने प्रवृत्ति प्रहरीमा नभएको मधेस प्रदेशका एक अधिकारी बताउँछन् ।

अर्कोतर्फ आफुभन्दा सिनियर रहेका एआईजीले गरेको निर्णय रोकेपछि डीआईजी थपलिया विवादमा परेका छन् ।

मधेस प्रदेशमा बर्षौदेखि  रजगज गर्दै आएका घुमुवाहरुलाई भने हटाउन नसकेको आरोप पनि उनलाई लागेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077