Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश प्रस्थान

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज स्वदेश फर्किएका छन्।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सोमबार दोहा पुगेका थिए ।

सम्मेलनको मुख्य सत्रलाई राष्ट्रपति पौडेलले मङ्गलबार सम्बोधन गरेका थिए। उनले गरिबी निवारण, पूर्ण र उत्पादक रोजगारी, मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए ।

सोही दिन राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्तासमेत गरेका थिए । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको यो शिखर सम्मेलनमा वर्तमान विश्वले सामना गरिरहेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिको सामाजिक प्रभावलगायतका विषयमा छलफल भएको थियो ।

नेपाल हाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको छ। सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल पत्नी सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा गएका थिए।

आज हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित अन्य उच्च अधिकारीहरूले राष्ट्रपति पौडेलको बिदाइ गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077