Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेशी शक्तिले दल कमजोर पार्ने ठूलो डिजाइन बुनेको प्रचण्डको दाबी

विदेशी शक्तिले दल कमजोर पार्ने ठूलो डिजाइन बुनेको प्रचण्डको दाबी

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका राजनीतिक दलहरूलाई कमजोर बनाउँदै सिध्याउने उद्देश्यसहित विदेशी शक्तिहरूले ठूलो राजनीतिक खेल खेलेको दाबी गरेका छन् ।

मंगलबार बसेको माओवादी केन्द्रको अन्तिम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय दलहरूप्रति समाजमा फैलाइएको वितृष्णा कुनै संयोग नभई नियोजित अभियान भएको बताएका हुन् ।

उनले भने, '२४ गतेको विध्वंस पछाडि राजनीतिक दलहरूलाई सिध्याउने कयौं विदेशी शक्तिहरू लागिपरेका छन्। उनीहरूले ‘सब बिगारेका पार्टीहरूले नै हुन्’ भन्ने धारणा फैलाउँदै मुख्यधारका दलहरूलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेका छन्।'

दाहालले पछिल्लो ‘जेनजी आन्दोलन’ तर्फ संकेत गर्दै दलहरूलाई बदनाम गराई निर्वाचन प्रक्रियामै अवरोध पुर्‍याउने प्रयास भइरहेको आरोप लगाए ।

'दलहरू समाप्त भए लोकतन्त्रको आधार नै भत्किन्छ,'उनले भने, 'राजनीतिक दलहरू कमजोर हुँदा निरंकुशता र बाह्य हस्तक्षेपलाई प्रश्रय मिल्ने खतरा रहन्छ।”

उनले भीम रावल, जनार्दन शर्मा, घनश्याम भुसाल र झलनाथ खनाललगायत नेताहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै वामपन्थी ध्रुवीकरणको प्रयासले राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई बलियो बनाउने विश्वास व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077