Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुण्डुमा एमाले सचिवालय बैठक जारी

गुण्डुमा एमाले सचिवालय बैठक जारी

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा जारी छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको छ।

उनले आजको बैठकमा आगामी ११ औं राष्ट्रिय महाधिवेशनको तयारी र संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने सम्बन्धमा बैठक केन्द्रित हुने बताए। एमालेले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

आजको बैठकले महाधिवेशन प्रतिनिधि छनोबट मापदण्ड बनाउनुका साथै महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नेछ

साथै बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम आदि विषयमा पनि छलफल हुने एमालेले जनाएको छ।

शनिबार ओली निवास गुन्डुमा सुरु एमाले सचिवालय बैठक। शनिबार ओली निवास गुन्डुमा सुरु एमाले सचिवालय बैठक।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077