काठमाडौं । आगामी फागुनदेखि राष्ट्रिय सभाका १९ जना सांसदहरूको कार्यकाल समाप्त हुँदैछ ।
कार्यकाल समाप्त हुनेमध्ये एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक–एक सांसद तथा राष्ट्रपतिद्वारा मनोनीत एक सांसद रहेका छन् ।
संघीय संसदका प्रवक्ता एकराम गिरीका अनुसार, कार्यकाल सकिएर बिदा हुन लाग्ने सांसदहरूमा माओवादी केन्द्रबाट गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन्।
त्यस्तै, एमालेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा विसीको कार्यकाल पनि फागुनदेखि समाप्त हुँदैछ।
एकीकृत समाजवादीका बेदुराम भुसाल, जसपाका मृगेन्द्रकुमार सिंह यादव, लोसपाका शेखरकुमार सिंह, र राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम पनि कार्यकाल सकिएर बिदा हुने सांसदहरूको सूचीमा परेका छन्।
सरकारले राष्ट्रिय सभाको रिक्त हुन लागेका पद पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन मिति तय गरेको छ।