Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य थप घटेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँ घटेको हो ।जसअनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाहिक संघले जनाएको छ । आइतबार भने तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

तिहार बिदाअघि सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम थियो । आइतबार बजार खुल्दा भने भने सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको थियो । जुन मूल्य सोमबार थप घटेर कारोबार भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ९८० रुपैयाँ कायम भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077