Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेत भन्छन् - ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन

महेश बस्नेत भन्छन् - ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन

शनिवार , कार्तिक ८, २०८२

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि बन्ने ‘ओली निवास’ निर्माणमा चन्दा संकलनको कुनै योजना नरहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा ओली निवास निर्माणको पहल भएको स्पष्ट पारेका हुन् ।

उनका अनुसार, उक्त निवास निर्माण कार्य गुण्डुबासीकै हात र मनबाट हुने भएको हो । बस्नेतले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूको निमित्त बन्ने ओली निवास हाम्रो आफ्नै गाउँको पहल हो।’

बस्नेतले केही व्यक्तिहरूले भावनात्मक रूपमा चन्दा दिन इच्छाएको र केही सञ्चारमाध्यमहरूले चन्दा उठाउने खबर प्रकाशित गरेको उल्लेख गर्दै त्यसमा सत्यता नरहेको बताएका छन् ।

‘चन्दा उठाउने कुनै योजना छैन, कसैसँग पनि चन्दा उठाइँदैन,’ उनले लेखेका छन्, ‘यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो।’ बस्नेतले ओलीप्रतिको सम्मान र शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077