Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको सचिवालयले भन्यो - अन्य दलसँग एकताबारे कुनै टुंगो लागेको छैन

प्रचण्डको सचिवालयले भन्यो - अन्य दलसँग एकताबारे कुनै टुंगो लागेको छैन

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अन्य राजनीतिक दलसँग पार्टी एकताको विषयमा अहिलेसम्म कुनै सहमति वा टुंगो नलागेको स्पष्ट पारेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र सञ्चार माध्यममा फैलिएका पार्टी एकतासम्बन्धी समाचारहरू आधारहीन र असत्य भएको जनाएको हो ।

सचिवालयले समाजवादी मोर्चामा आबद्ध दलहरू र अन्य वामपन्थी, प्रगतिशील समूहहरूसँग वैचारिक तथा सांगठनिक छलफल भने घनिभूत रूपमा जारी रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता अनुसार समाजवादी मोर्चामा आबद्ध दलहरू तथा अन्य वामपन्थी र प्रगतिशील समूहहरूसँग नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न वैचारिक र सांगठनिक विषयमा छलफल भइरहेको छ।'

सचिवालयले हाल भइरहेको छलफललाई राजनीतिक एकता होइन, संयुक्त मोर्चा र साझा कार्ययोजनाको तयारी प्रक्रियाको रूपमा व्याख्या गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय वा टुंगो लागिसकेको छैन। नेपाली जनताको अगुवाइमा भएका ऐतिहासिक क्रान्ति र संघर्षहरूको रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अपरिहार्य रहेको हाम्रो ठहर हो।'

पार्टीले इतिहासको आवश्यकतालाई मनन गर्दै एकता र सहकार्यका सम्भावनाहरूमा गम्भीर छलफल भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममार्फत आएको प्रचारप्रति ध्यान नदिन आम सदस्य र जनसमुदायलाई आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077