काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा माओवादी र जेनजी मिलेर चुनाव लड्नुपर्ने बताएका छन्।
महोत्तरीमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुन सक्छन्। अरू कसैले जेनजीका माग पूरा गर्दैनन्’ उनले भने।
माओवादीले विगतदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रको मुद्दा उठाउँदै आएको भन्दै उनले जेनजीको भावना अरुले बुझ्न नसक्ने बताए।