काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा एकाएक भारी गिरावट आएको छ।
मङ्गलबार र बुधबारको तथ्याङ्कअनुसार दुबै धातुको मूल्य तीव्र रूपमा घटेको हो। सुनको मूल्यमा झण्डै ७ प्रतिशतको गिरावट देखिएको छ ।
सोमबार सुनको मूल्य प्रतिऔंस ४ हजार २६७ डलर पुगेको थियो । मङ्गलवार बजार खुल्दा सुन ४ हजार ३६६ डलरमा प्रतिऔंसमा कारोबार भएको थियो । तर, अन्तिम समयमा उक्त मूल्य ५ हजार १२५ डलरमा झरेको हो । यो ५.२९ प्रतिशतको गिरावट हो ।
जुन पछिल्लो समयकै सबैभन्दा ठूलो गिरावट मानिएको छ।
त्यसको तुलनामा चाँदीको मूल्यमा अझ ठूलो कमी आएको छ। पछिल्लो विवरणअनुसार चाँदीको मूल्य ८.१८ प्रतिशतले घट्दै ४८ डलर प्रति औँसमा पुगेको छ।
विगत ३० दिनको अवधिमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। उक्त अवधिमा सुनको मूल्य १६.१० प्रतिशत र चाँदीको मूल्य १९.०२ प्रतिशतले बढेको रेकर्ड छ।
नेपालमा भने तिहारको सार्वजनिक बिदाको कारण नयाँ मूल्यदर तोकिएको छैन । तर, अन्तर्राष्ट्रिय बजारको आधारमा मूल्य घट्दा धेरै मूल्य सस्तो हुने देखिन्छ