Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालकोटमा आफ्नो जलेको घर अवलोकन गर्दै केपी ओलीले भने- मलाई सरकारप्रति गम्भीर आशंका छ

बालकोटमा आफ्नो जलेको घर अवलोकन गर्दै केपी ओलीले भने- मलाई सरकारप्रति गम्भीर आशंका छ

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली आफ्नो जलेको घर हेर्न बालकोट पुगेका छन् ।

भदौ २४ गते जलाइएको निवास अवलोकन गर्न आज ओली बालकोट पुगेका हुन् ।

ओलीले धेरै पहिलेदेखि नै लक्षित गरेर आफ्नो घरमा आगजनी गरिएको दाबी गरेका छन्।

उनले भने- 'मैले यहाँ धेरै भन्नुपर्ने केही छैन। तस्बिर आफैं बोलिराख्या छ। जसरी छानी छानी व्यक्तिका घरहरू जलाइएको छ। लुटिएको छ। यतिसम्म कि कसरी उठाएर लगे भन्ने आश्चर्य लाग्छ। केही टनका ढुंगाका मुर्तिहरु थियो त्यहाँ। सबै चोरी भएका छन् भने अरु त मामुली भयो। एमालेका नेताका खोजी खोजी घर चलाइएको छ। त्यही भएर यो बहुतै लक्षित गरेर भएको हो।'

उनले ठूला–ठूला मुर्ति उठाएर लगेको भन्दै आफू आश्चर्यमा परेको समेत उल्लेख गरे।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उनको घरमा आगजनी भएको थियो । घर जलेपछि उनी अहिले भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077