Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एआईजी कार्कीमाथि बस्नेतले किन पोखे आक्रोश ?

एआईजी कार्कीमाथि बस्नेतले किन पोखे आक्रोश ?

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्कीप्रति आक्रोश व्यक्त गरेका छन् । चौकी जोगाउन नसक्नेले उद्घाटनमा हिडेको भन्दै उनले आक्रोश पोखेका हुन् ।

एआईजी कार्कीले मंगलबार पुननिर्माण गरिएको प्रहरी वृत्त जगातीको उद्घाटन गरेका थिए । स्थानीयको सहयोगमा सो वृत्तको पुननिर्माण गरिएको तर उद्घाटनमा एआईजी प्रमुख अतिथी भएको भन्दै बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा आलोचना गरेका छन् ।

प्रहरीको कार्यालय र हतियार जोगाउन नसक्नले उद्घाटन गर्दै हिडेको उनको आरोप छ। उद्घाटनमा आफुलाई नबोलाएको असन्तुष्टि पनि बस्नेतको देखिएको छ ।

उनले फेसबुकमा लेखेको छन्–'जगाती प्रहरी चौकीको भवन निर्माणदेखि स्थानीयहरू प्रत्यक्ष रूपमा जुट्यौं, सबैले योगदान गर्‍यौं। हालै जेनजी आन्दोलनको क्रममा चौकी जलाएर हतियार लुटिएपछि त्यो चौकीको पुनर्निर्माण अभियान वडा अध्यक्ष पुष्पराज बस्नेतको नेतृत्वमा सुरु गरियो। राज्यको र प्रहरीको एक रुपैयाँ खर्च नगरी पुन निर्माण गरियो। तर विडम्बना ! जसले हतियार बचाउने आदेश दिन सकेन, जसले राष्ट्रिय सम्पत्ति जोगाउन भूमिका खेलेन, त्यही व्यक्ति आज प्रमुख अतिथिको हैसियतमा आएर उद्घाटन गरेछन् । देशभर चौकी जल्दै गर्दा टुलटुलु हेर्नेहरूले लाज पचार रिबन काटेछन् ।'

कार्की विरुद्ध बस्नेत लाग्नुको कारण

एआईजी कार्कीबिरुद्द प्रहरीकै एउटा समूहको योजनामा जाँचबुझ आयोगमा उजुरी हालेको आधारमा बस्नेतले आक्रोश व्यक्त गरेको देखिन्छ । भदौ २३ गते आन्दोलन हुँदा कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुख थिएनन् ।

कार्कीले भदौ २४ गते बिहान १० बजेबाट उपत्यका प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए। उक्त दिनको अबस्था सबैलाई थाहा छ । उक्त दिन उनका एक प्रतिस्पर्धी बिरामीको बहानामा अस्पतालमा थिए भने अर्का प्रतिस्पर्धी बिदामा बसेका थिए ।

त्यसो त महेश बस्नेत निकट एक बिचौलियाको कार्कीका प्रतिस्पर्धीसंग राम्रो सम्बन्ध रहेका कारण तथा प्रहरीमा कार्की आईजीपी भएको खण्डमा आफ्नो स्वार्थ अनुकुल काम नहुने भएकाले बस्नेत कार्कीबिरुद्द लागेका हुन् ।

[insert page='368795' display='yopanipadhnuhos.php']

प्रहरी स्रोतका अनुसार बाणिज्य बिभागका तत्कालिन महानिर्देशक कुमार दाहालको किर्ते हस्ताक्षर गरेर अर्बौको पोस्ता दाना तस्करीमा संलग्न पबन साहमाथि छानविन गर्न बिभागले भदौ १७ गते सिआइबीलाई पत्र पठाएको थियो ।

राज्य नै चुस्ने काममा संलग्न भेप तस्करीमा समेत मुछिएका साहसंग महेश बस्नेत निकट ती बिचौलियाको उठबस रहँदै आएको छ । साहलाई किर्ते अनुमतिपत्र बनाइदिएर पोस्ता दानाको तस्करी समेत तिनै बिचौलियाको योजनामा भएको हुँदा साह अहिले खुलमखुला राजनीतिक संरक्षणमा हिंडिरहेका छन्।

सिआइबीमा मनोज केसी प्रमुख बनेर गएको एक महिना बितिसक्दा पनि राज्यको अर्बौ चुस्ने बिबादास्पद व्यापारी पबन साह र उनको गिरोहमाथि अनुसन्धान हुन नसक्नुलाई शंकाको रुपमा लिइएको छ।

पोस्ता दाना तस्करीको राम्रोसंग अनुसन्धान भएको खण्डमा यसमा ठुलो राजनीतिक गिरोह तानिने हुँदा बिचौलिया र तस्करी समुह आफु अनुकुल आईजीपी बनाउन प्रहरीभित्र खेलेको देखिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077