Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीको घर जलाउने थेबे एमालेकै कार्यकर्ता, गुण्डागर्दीमा पनि संलग्न

पूर्वराष्ट्रपति भण्डारीको घर जलाउने थेबे एमालेकै कार्यकर्ता, गुण्डागर्दीमा पनि संलग्न

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएको आरोपमा पक्राउ परेका सोनम थेबे नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता भएको खुलासा भएको छ ।

ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने थेबे आइतबार पक्राउ परेका हुन् ।

थेबे गुण्डा नाइके चक्रे मिलन समूहका हुन् । उनले धुम्बराही क्षेत्रका व्यवसायीहरुलाई धाकधम्की दिई रकम असुल गर्ने गर्दै आएका थिए । गुण्डागर्दीमा सलंग्न थेवे पटके गुण्डा समेत हुन् ।

व्यवसायीहरुका अनुसार मिटरब्याजमा लगाएका पैसा असुल्ने समूहको नेतृत्व गरिरहेका थेवेले होटल तथा रात्री व्यवसायी, जग्गा व्यवयायीसँग हप्ता असुल्ने गरेका छन् ।

गुण्डागर्दी, मिटरब्याज र दक्षिण कोरिया पठाइदिने भन्दै पैसा असुलेको आरोप लागेका थेवेलाई यसअघि पनि प्रहरीले खोजी गर्दा नेकपा एमालेका नेताहरुले पक्राउ नगर्न प्रहरीलाई पटक–पटक फोन गरेको प्रहरी अधिकारीहरुबाटै खुलासा भएको थियो ।

प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै १ करोड ८ लाख ३० हजार ठगी गरेको अभियोगमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ भदौ २०८२ मा पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार यो ठगीमा सोनम थेवे पनि संग्लन थिए । तर ताप्लेजुङका एमालेका नेताहरुको दबाबमा यो थप अनसन्धान रोकिएको थियो ।

राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले नै सोनमलाई जोगाउँदै आएका छन् । सोनमलाई जोगाउन क्षितिजले नै प्रहरीमा दबाब दिंदै आएको समेत स्रोत बताउँछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077