Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा प्रधानमन्त्री कार्की र दलका नेताहरू छलफलमा

बालुवाटारमा प्रधानमन्त्री कार्की र दलका नेताहरू छलफलमा

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग संवाद सुरु गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ११ दलका नेताहरूसँग प्रधानमन्त्री कार्कीले संवाद सुरु गरेकी हुन् । संवाद केहिबेरअघि देखि सुरु भएको हो ।

सचिवालयका अनुसार छलफलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी छन् । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली छन् ।

प्रधानमन्त्रीको सचिवालयले नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी भएका छन ।

त्यस्तै जनमत पार्टीबाट चन्दनकुमार सिंह र एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वाला सहभागी रहेको सचिवालयले जनाएको छ ।

यस्तै छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकेको छ। प्रधानमन्त्रीले यही निर्वाचन केन्द्रित छलफलका लागि दललाई बोलाएकी हुन्।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077