काठमाडौं । भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीलार्ई जबर्जस्ती बर्दी खोल्न लगाएको आरोपमा गौतम घिसिङ पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका घटनाहरूको अध्ययन गरिरहेको टोलीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण भएको भिडियो फूटेजको आधारमा उनलाई पक्राउ गरेको हो।
काठमाडौं प्रहरी परिसरका अनुसार, पक्राउ परेका घिसिङमाथि थप अनुसन्धान भइरहेको छ ।