Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन जान्नँ: ओली

आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन जान्नँ: ओली

आइतवार , कार्तिक २, २०८२

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने बताएका छन् ।

आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने- 'केपी ओली सोझो छ भन्दैमा जसले बोलाउँछ त्यहाँ लुरु लुरु गएर बयान दिन्न । त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै बयानमा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन ।'

उनले कुनै पनि बयानमा आफैंलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे ।

सरकारले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा छानबिन आयोग बनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077