Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजीले प्रधानमन्त्रीको राजीनामा मागेको थिएन, म तेसै कुराको लागि लडिरहेको छु: ओली

जेनजीले प्रधानमन्त्रीको राजीनामा मागेको थिएन, म तेसै कुराको लागि लडिरहेको छु: ओली

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस्तो अवस्थामा पनि आफ्नो बानी सत्य बोल्ने रहेको बताएका छन्।

जेनजी आन्दोलनपछि सरकार छोडेका उनले आज पहिलो पटक सम्पादकहरुसँगको संवाद गर्दै यस्तो बताएका हुन्।

उनले भने- 'अरूले आत्मालोचना गरे, सम्पादकज्यूहरूले पनि गर्नुभयो होला अशान्ति र हिंसा भड्किने वातावरण बनाएकोमा। सबैलाई भन्दिनँ केहीले, जसले गर्नुभएको थियो सम्झिनुहोला। हेर त दम्भ र अहंकार भन्नुहुन्छ, सत्य बोल्ने मेरो बानी छ। ज्यान जोखिममा राखेर असत्यको विरोध गरेको छु । मेरो सिद्धान्त, नीति अहिले पनि बदलिएको छैन, अहिलेपनि त्यसैमा छु।'

आफूले कुनै दम्भ र अहंकार नदेखाएर ज्यान जोखिममा राखेर असत्यको विरोध गरेको बताए।

ओलीले थपे- 'जेनजीले उठाएका जम्मा तीनवटा माग थिए तर, त्यहाँ प्रधानमन्त्रीको राजीनाको माग थिएन । म तिनै कुराको लागि लडिरहेको थिएँ।'

जेनजीहरुले भ्रष्टाचारको अन्त्य, सुशासन कायम र रोकिएका सामाजिक सञ्जाल खुला गर्नुपर्ने माग मात्रै राखेर आन्दोलनमा आएको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077