Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य तोलामा ४ हजार ८ सयले घट्यो, चाँदीको कति ?

सुनको मूल्य तोलामा ४ हजार ८ सयले घट्यो, चाँदीको कति ?

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुबाट एकैदिन तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ ।

आइतबार सुनको मूल्य घटेर तोलाको दुई लाख ५३ हजार २०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गतको शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा किनबेच भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुबाट तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077