Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशलाई राष्ट्रिय संकटबाट उकास्न वामपन्थी एकता अपरिहार्य : प्रचण्ड

देशलाई राष्ट्रिय संकटबाट उकास्न वामपन्थी एकता अपरिहार्य : प्रचण्ड

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई राष्ट्रिय संकटबाट उकास्न बृहत् वामपन्थी एकता अपरिहार्य रहेको बताएका छन्।

शनिबार पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनताका मुद्दा सफल पार्न वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

उनका अनुसार समाजवादी मोर्चामा आबद्ध दलहरू एकता घोषणाको अन्तिम तयारीमा छन् । 'हामी समाजवादी मोर्चामा आबद्धहरू छिट्टै एकता घोषणाको तयारीमा छौँ,' उनले भने,'तर त्यतिले मात्र पुग्दैन, देशको रक्षा र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि सबै वामपन्थी शक्तिहरू एक ठाउँमा आउनैपर्छ।'

अध्यक्ष प्रचण्डले देश अभूतपूर्व संकटको सामना गरिरहेको उल्लेख गर्दै वर्तमान अवस्थालाई राष्ट्रिय एकता र सहकार्यबाट मात्रै पार गर्न सकिने बताए । उनले भने, 'राष्ट्र यति ठूलो संकटमा पहिले कहिल्यै देखेका थियौँ जस्तो अहिले देखिएको छ। यो राष्ट्रिय संकट हो— स्वाधीनताको रक्षाका लागि सबै वामपन्थीहरू मिल्नैपर्छ।'

कार्यक्रममा प्रचण्डले मजदुर वर्ग, समाजवादी शक्तिहरू र प्रगतिशील राजनीतिक दलहरूबीच सहकार्य सुदृढ गरी देशलाई स्थायित्व, समृद्धि र समानतामूलक शासनतर्फ अघि बढाउने प्रतिबद्धता पनि जनाए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077