Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड भन्छन् : संसद् विघटन गर्नेहरूले अहिले पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद

प्रचण्ड भन्छन् : संसद् विघटन गर्नेहरूले अहिले पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् ।

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यसअघि संसद् विघटन गर्ने केपी शर्मा ओली समूह अहिले संसद् पुनर्स्थापनाको कुरा गर्न लागिपरेको भन्दै त्यसलाई “हास्यास्पद” भनेका हुन्।

उनले आगामी माघ २१ गते निर्धारित निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको अनिवार्य हिस्सा भएको उल्लेख गर्दै, निर्वाचन हुन नसके देश फेरि अराजकतामा फस्न सक्छ भन्ने चेतावनी दिए। उनले घोषित निर्वाचनलाई भाँड्ने कुनै प्रयास नगर्न सबै पक्षलाई आग्रह गरे।

प्रचण्डले राष्ट्रिय सहमतिका साथ निर्वाचन सम्पन्न गर्न आवश्यक रहेको बताउँदै सरकार चुनाव गर्न पूर्ण रूपमा गम्भीर रहेको विश्वास व्यक्त गरे।

संविधानका केही प्रावधानहरू व्यवहारिक रूपमा “ट्रयाकबाट चिप्लिएको” भन्दै उनले त्यसलाई सही बाटोमा ल्याउने उपाय संविधान संशोधन नै भएको स्पष्ट पारे।

उनले समाजवादी मोर्चामा आबद्ध वाम शक्तिहरूबीच छिट्टै औपचारिक एकता घोषणा हुने जानकारी पनि दिए।

जेनरेसन जेडका युवाबारे बोल्दै प्रचण्डले उनीहरूलाई क्रान्तिकारी आन्दोलनका उत्तराधिकारीको रूपमा सम्मान गर्नुपर्ने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077