Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गते पोखरामा हुने

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गते पोखरामा हुने

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा आयोजना गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले उक्त मिति तय गरेको हो ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सुझावसहित संशोधन गरी पारित गरिएको छ ।

गौतमका अनुसार अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनले हालको राजनीतिक परिस्थिति, सरकारका कार्यशैली, र पार्टीको आगामी रणनीतिबारे विस्तृत विश्लेषण गरेको छ ।

महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिने र पोखरालाई राष्ट्रिय राजनीतिक केन्द्रको रूपमा प्रस्तुत गर्ने योजना पनि बैठकमा साझा गरिएको छ।

बैठकले हालको राजनीतिक अवस्थाबारे गम्भीर छलफल गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई समर्थन गर्ने निर्णय समेत गरेको छ।

गौतमका अनुसार, जेनजी पुस्ताले अघि सारेका माग र आन्दोलनका भावना सम्बोधन गर्न संसद पुनर्स्थापना आवश्यक भएको एमालेको निष्कर्ष छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077