Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल हुँदैन: सञ्चारमन्त्री खरेल

विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल हुँदैन: सञ्चारमन्त्री खरेल

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल नहुने बताएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले वर्तमान सरकार विधि र कानूनसम्मत ढंगले अघि बढ्न तयार रहेको बताए।

खरेलले भने- 'सरकार राज्यका संयन्त्रहरूमार्फत विधिसम्मत र व्यावहारिक ढंगले अघि बढ्छ। सुशासन कायम गर्ने यो सरकारको महत्त्वपूर्ण प्राथमिकता हो। विधिको शासन कायम गर्ने कुरामा यो वा त्यो बहानामा आलटाल हुँदैन। यो सरकार जेनजी जनआन्दोलनको जगमा बनेको जनताको नागरिक सरकार हो।'

वर्तमान सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्नु रहेको जिकिर गरे। सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताए।

वर्तमान सरकार जेनजी जनआन्दोलनको जगमा बनेको नागरिक सरकार भएको दाबी गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077