काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद जगदीश खरेलले राजधानी दैनिकविरुद्ध प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको गरेका छन् ।
आफ्नोबारे झुटा, भ्रामक र तथ्यहीन समाचार प्रकाशित गरेको भन्दै प्रेस काउन्सिल र साइबर ब्युरोमा उजुरी दर्ता गरेका हुन् ।
केहीदिन अघि पूर्वसञ्चारमन्त्री समेत रहेका खरेल स्मार्ट टेलिकमको ३० अर्ब रुपैयाँ ठगी प्रकरणमा जोडिएका भन्ने समाचार प्रकाशित भएका थिए ।
उनले उक्त प्रकरणसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै मिडियाको आवरणमा आएर कपोलकल्पित समाचार प्रकाशित गरेको भन्दै उजुरी दर्ता गरेका हुन् ।
'भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध पनि मैले उजुरी दिएको छु । न्याय पाउनेमा मेरो पूर्ण विश्वास छ। साथै, सम्बन्धित पत्रिकाले माफी माग्दै मेरो सार्वजनिकरुपमा आएको खण्डनलाई अघिल्लो समाचारसरह प्राथमिकताका साथ प्रकाशित गर्न माग गर्दछु। यस घटनाले मेरो प्रतिष्ठा र स्वाभिमानमा गम्भीर ठेस पुगेको छ,' उजुरी दर्तापछि उनले भने।
आजै प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वसञ्चारमन्त्री समेत रहेका खरेलले स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिने बताएका थिए। यसअघि पनि स्विट्जरल्यान्डबाटै खरेलले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका थिए ।