Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुर-२ बाट चुनाव लड्ने तयारीमा सञ्चारमन्त्री खरेल

ललितपुर-२ बाट चुनाव लड्ने तयारीमा सञ्चारमन्त्री खरेल

शनिवार , पौष १९, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएसँगै उनको चर्चा सुरु भएको छ ।

शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि मात्र सरकारको तर्फबाट निर्णय हुने उल्लेख गरेका थिए ।

तर, सोमबार राति भएको सहमतिमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र कुलमानका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्दा बालेन साक्षी बसेका थिए ।

सहमतिको बुँदा नम्बर ४ मा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने,' उल्लेख थियो  ।

मन्त्री खरेल निकट स्रोतका अनुसार  उनी रास्वपाबाट ललितपुर क्षेत्र नं. २ बाट चुनाब लड्ने तयारीमा छन्। त्यसका लागि उनले आन्तरिक तयारी समेत गरिरहेका छन् ।

चुनाबमा जित्नका लागि कुलमानको पनि साथ चाहिने भएकाले सहमति भैसकेको कुरालाई समेत थाहा पाएको जस्तो नगरी चितवनमा उनले कुलमानको पक्षमा अभिव्यक्ति दिएको बताइएको छ ।

मन्त्री खरेले केहि दिन अघि मात्र ललितपुर क्षेत्र नं. २ का आफु निकट व्यक्तिहरुलाई भेटेर आफुले यो क्षेत्रमा सुचना र प्रविधिका कामलाई अगाडी बढाउने बताएका थिए । त्यसका लागि उनले एउटा टिम बनाएर भित्रभित्रै काम गरिरहेको पनि स्रोतले बताएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077