Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री खरेल

डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री खरेल

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले महिला र बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को आज राजधानीमा शुभारम्भ गर्दै मन्त्री खरेलले महिला र बालिकामाथि हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन्।

यस वर्षको दिवसको विश्वव्यापी नारा सान्दर्भिक रहेको भन्दै उनले डिजिटल दुनियाँ अब दैनिक जीवनसँग घुलमिल भएको बताए ।

उनले भने- 'अनलाइन उत्पीडन, साइबर स्टकिङ, अनुमतिबिना तस्बिरको प्रयोग, घृणा फैलाउने अभिव्यक्ति र ट्रोलिङले त्रास र धम्की सिर्जना गर्छ । यसले महिलाको आवाज बन्द गराउने, उनीहरूलाई डिजिटल स्थानबाट बाहिर धकेल्ने र अभिव्यक्ति तथा सूचनाको मौलिक हक कुण्ठित गर्ने काम गर्छ।'

मन्त्री खरेलले प्रविधिले काम र सिकाइ सजिलो बनाउँदा पनि धेरै महिला र किशोरीका लागि यो क्षेत्र अझै जोखिमपूर्ण रहेको औँल्याए । उनले अनलाइन उत्पीडन, साइबर स्टकिङ, अनुमति बिना तस्बिरको प्रयोग, घृणा फैलाउने अभिव्यक्ति र ट्रोलिङले त्रास र धम्की सिर्जना गर्ने चेतावनी दिए ।

उनले पीडितलाई न्याय दिलाउन र पीडकलाई जवाफदेही बनाउन साइबर कानुनको समीक्षा गरिने जानकारी दिए।

साथै शिक्षा क्षेत्रसँग सहकार्य गर्दै पाठ्यक्रममा डिजिटल साक्षरता समावेश गर्ने, निजी क्षेत्र र नवप्रवर्तकलाई सुरक्षित प्लेटफर्म विकास गर्न प्रोत्साहन गर्ने तथा तीनै तहका सरकार, संयुक्त राष्ट्रसंघ र नागरिक समाजसँग सहकार्य बढाउने योजना पनि उनले अघि सारे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077