Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा प्रधानमन्त्री र कूटनीतिक निकायका प्रमुखहरूबिच छलफल

सिंहदरबारमा प्रधानमन्त्री र कूटनीतिक निकायका प्रमुखहरूबिच छलफल

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल थालेकी छिन् ।

प्रधानमन्त्री कार्कीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गरेकी हुन्।

छलफल केहीबेर अघिबाट चलिरहेको छ ।

उनले अहिले देशको अवस्था सामान्य बन्दै गएको भन्दै नेपालको सकारात्मक अवस्था विश्व समुदायमा प्रसार गर्न आग्रह पनि गरिन्।

उनले सबै देश र विकास साझेदारप्रति सहयोग, मित्रता र समझदारीका लागि आभार व्यक्त गरिन्।

यस्तैबैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिक सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र भइरहेको छ ।

बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरू सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077