Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले बैठकमा ओलीको प्रस्तावमाथि १८४ सदस्यले राखे धारणा धारणा

एमाले बैठकमा ओलीको प्रस्तावमाथि १८४ सदस्यले राखे धारणा धारणा

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको विशेष प्रस्तावमाथि बिहीबारसम्म १८४ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

ललितपुरको जावलाखेलमा जारी बैठकमा बुधबार पहिलो दिन ५० जनाले र दोस्रो दिन १३४ जनाले आफ्ना विचार राखेका हुन् ।

बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको आवश्यकता औंल्याउँदै त्यसमा पार्टीले स्पष्ट अडान लिनुपर्ने धारणा राखेका छन् ।

नेता राजेन्द्र गौतमका अनुसार सदस्यहरूले पार्टीले निर्वाचनमा भाग नलिने कुरा भने नगरेका तर सरकारले निष्पक्ष र सहज वातावरण बनाउनुपर्ने माग उठाएका छन् ।

उनका अनुसार नेतृत्व पुनर्गठनको विषय महाधिवेशनको एजेन्डा भएकाले बैठकमा सो विषयमा धेरै चर्चा भएको छैन । तर, पार्टीको सफलता र असफलता अध्यक्षमात्रमा केन्द्रित गर्न नहुने आवाज भने उठेको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077