Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठकमा विद्याको सदस्यता खुलाउन माग, माधव ढुंगेलले बुझाए लिखित पत्र

एमाले केन्द्रीय कमिटी बैठकमा विद्याको सदस्यता खुलाउन माग, माधव ढुंगेलले बुझाए लिखित पत्र

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता तत्काल खुलाउन माग गर्दै लिखित पत्र दिएका छन्।

बिहीबार बसेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य ढुंगेलले सदस्यतामाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्नुपर्ने मागसहित लिखित पत्र अध्यक्ष केपी शर्मा ओली र महासचिव समक्ष पेश गरेका छन् ।

बैठकमा ढुंगेलसहित रमेश पौडेल, मञ्जु गुरुङ, युवराज बाँस्कोटा, मनोज थापा लगायतले भण्डारीलाई सदस्यता दिनुपर्ने धारणा राखेको बताइएको छ ।

एमालेको संगठन विभाग सचिव रहेका ढुंगेलले भण्डारीको सदस्यता पहिले नवीकरण भएको समेत बताएका थिए।

यसैगरी मनोजजंग थापाले त भण्डारीलाई एमालेमा स्वागत गर्दै बहुपक्षीय संयेक्त मोर्चा बनाएर जानुपर्ने प्रस्ताव राखेका छन्।

केन्द्रीय सदस्यहरू मञ्जु गुरुङ र युवराज बास्कोटाले पनि भण्डारीको सदस्यता नवीकरण गरेर जानुपर्नेमा जोड दिएका थिए।

हिजोदेखि शुरु भएको बैठकमा बोल्ने कतिपय केन्द्रीय सदस्यले भण्डारीलाई पार्टीमा प्रतिवन्ध लगाउन नहुने बिचार राखेका हुन् ।

भण्डारीको सदस्यता नवीकरण नहुँदा उनको राजनीतिक अधिकार हनन भएको ती सदस्यहरूको तर्क छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077