Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणको भवनबाट काम सुरु गर्दै काठमाडौं जिल्ला अदालत

प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणको भवनबाट काम सुरु गर्दै काठमाडौं जिल्ला अदालत

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा क्षती पुगेको काठमाडौं जिल्ला अदालतको काम कारबाही अब नेपाल नागरिक उड्डयन प्राधिकरणको भवनबाट सञ्चालन हुने भएको छ ।

प्राधिकरणको कार्यालय एयरपोर्ट नजिकै बनेको नयाँ भवनमा सरेपछि खाली रहेको उक्त भवन उपलब्ध गराउने प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।

अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताउँदै उनले भवन उपलब्ध गराउन प्राधिकरणलाई आग्रह गरेकी हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा उनले यस्तो बताएकी हुन् ।

काठमाडौं जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको थियो। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन आग्रह गरिन्।

त्यस सन्दर्भमा प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले प्राधिकरणको भवन उपलब्ध गराउन निर्देशन दिइन्। प्राधिकरणले तत्कालका लागि ससर्त भवन उपलब्ध गराउने समझदारी बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077